पोखरा कप : आर्मीलाई हराउँदै क्यामरुनी टोली सेमिफाइनलमा

पोखरा (खेलदैनिक) । अफ्रिकी टोली दाफिनास एफसी, क्यामरुन जारी मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सम्पन्न क्वाटरफाइनल भिडन्तमा दाफिनासले विभागीय टोली त्रिभुवन आर्मी क्लबको बी टिमलाई ४–१ को भारी अन्तरले हरायो । दाफिनासको जितमा यानिकले दुई गोल गरे भने अमरेलले थप एक गोल गरे । उता पराजित आर्मीका लागि बिबेक बस्नेतले एक मात्र सान्त्वना गोल फर्काए ।

https://twitter.com/Goal_Nepal/status/1092380716707401728

खेलमा दाफिनासका यानिक म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको खेल जापानी टोली रिशो युनिभर्सिटी र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...