आज नेपाल आइपुग्दै जापानी फुटबल टोली

काठमाडौं (खेलदैनिक) । पोखरामा जारी मनकामना केबलकार पोखरा कपमा सहभागिता जनाउन जापानी टोली रिशो युनिभर्सिटी आइतबार बेलुका नेपाल आईपुग्दैछ ।

जापानी टोलीलाई पोखरा कपमा सहभागिता जनाउन पूर्व राष्ट्रिय फुटबलर बसन्त गौचन र फनरुट्स एकेडेमीका मालिक जुन हिरानोले कास्की जिल्ला फुटबल संघलाई विशेष सहयोग पुराएका थिए ।

गोलनेपालका अनुसार जापानी युनिभर्सिटी लिग खेलिरहेको रिशो युनिभर्सिटीलाई नेपालमा फटरुट्स एकेडेमीले व्यवस्थापन गर्नेछ । टोली मंगलबार बेलुकासम्म काठमाडौं ओर्लने बताइएको छ ।

प्रतियोगिता अन्तरगत आज सशस्त्र प्रहरीको एपिएफ क्लबले रुस्लान थ्रीस्टार क्लबको सामना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...