महिला गोल्डकप : साविक विजेता मोरङ स्तब्ध

अर्जुनधारा, झापा (खेलदैनिक) । साविक विजेता लेटाङ फुटबल क्लब मोरङ यहाँ जारी प्रदेश नम्बर १ स्तरीय सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मोरङमाथि १–० नतिजाबाट कनकाई नगर खेलकुद समिति झापाले कठिन जीत दर्ता गर्यो ।

स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेल मैदानमा सम्पन्न खेलको २७औं मिनेटमा पवित्रा राईले निर्णायक गोल गर्दा झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेललाई बराबरी गर्ने अवसर मोरङलाई मिले पनि पेनाल्टी सुटमा चुकेपछि पहिलो चरणबाटै घर फर्कन बाध्य भयो ।

प्रतियोगिताको वूमन अफ दी म्याच कनकाईकी रीता गजमेर घोषित भएकी थिइन् । उनलाई आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले नगद दुई हजारबाट पुरस्कृत गरेका थिए ।

ाइतबारको खेल इलाम जिल्ला फुटबल संघ र माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीबीच हुने प्रतिष्ठानका व्यवस्थापक पुष्पलाल तिवारीले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार र उपविजेता टिमले ५१ ह्जारसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...