इटहरी गोल्डकपमा आर्मीका टंक बस्नेत सर्वौत्कृष्ट खेलाडी घोषित

सुनसरी (खेलदैनिक) । शनिबार सम्पन्न मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लबका मिडफिल्डर टंक बस्नेत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । बस्नेतले पुरस्कार स्वरुप नगद २५ हजार र ४२ इन्चीको टिभी हात पारेका छन् ।

ूस्मरणीय छ, शनिबार भएको फाइनल भिडन्तमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले हराउँदै उपाधि जितेको थियो । आर्मीको जितमा टंक बस्नेत र भरत खवासले गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच आर्मीका बिमल पाण्डे घोषित भएका थिए ।

त्यस्तै अन्य विधागत पुरस्कारतर्फ आर्मी कै विकेश कुथु उत्कृष्ट गोलरक्षक घोषित भए भने मनाङका सुरज बिक उत्कृष्ट डिफेन्डर घोषित भए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर पनि आर्मीका सन्तोष तामाङ घोषित हुँदा उत्कृष्ट फरवार्ड पनि आर्मी कै भरत खवास घोषित भए ।

उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि आर्मी कै चुन बहादुर थापाले हात पारे । विधागततर्फ उत्कृष्ट सबैले जनही २०–२० हजार प्राप्त गरे । आर्मी कै भरत खवास सर्वाधिक गोलकर्ता समेत घोषित भए । उनले पुरस्कार स्वरुप थप २५ हजार हात पारे ।

त्यस्तै उदयीमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका उमेश राई घोषित भए । उनले पुरस्कार वापत २४ इन्चको टिभी प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...