पोखरा कप : उत्कृष्ट पूनरागमन गर्दै पुलिस क्वाटरफाइनलमा

पोखरा (खेलदैनिक) । एक गोलले पछि परेको स्थिति उल्टाउँदै नेपाल पुलिस क्लब जारी मनकामना केबल कार पोखरा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा सम्पन्न खेलमा पुलिसले सिएमजी संकटा क्लबलाई २–१ ले हरायो । खेलमा शुरुवाती गोलको अग्रता जोगाउन नसकेको संकटाले अन्ततः पराजयको सामना गर्नुपर्यो । खेलको ११ औं मिनटमै म्याक्सवेलको गोलबाट अग्रता बनाएको संकटाले त्यसलाई धेरेबेर जोगाउन सकेन ।

https://twitter.com/Goal_Nepal/status/1091655100769042433

उता खेलको ३१ औं मिनटमा अभिषेक रिजालले पुलिसका लागि बराबरी गोल फर्काए । त्यस्तै दोस्रो हाफको ५४ औं मिनटमा रवि पासवानले पुलिसका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । पुलिसका निर्णायक गोलकर्ता रवि पासवान म्यान खेलको अफ द म्याच समेत घोषित भए ।

एन्फा कास्कीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत आइतबारको क्वाटरफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...