इटहरी गोल्डकप : मनाङलाई हराउँदै आर्मी च्याम्पियन

सुनसरी (खेलदैनिक) । विभागीय टोली त्रिभुवन आर्मी क्लबले शनिबार सम्पन्न मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप नकआउट फटुबल प्रतियोगिताको उपाधि जितेको छ ।

इटहरी रंगशालामा सम्पन्न फाइनल खेलमा आर्मीले लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई शून्यका विरुद्ध दुई गोलले हरायो । खेलको पाँचौं मिनटमै आर्मीका टंक बस्नेतले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा भरत खवासले दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

https://twitter.com/Goal_Nepal/status/1091676488833724416

विजेता बनेको आर्मीले उपाधिसहित नगद १६ लाख हात पारेको छ भने उपविजेता मनाङले ८ लाखमा चित्त बुझाएको छ । स्मरणीय छ, यस सिजन आर्मीको यो लगातार दोस्रो उपाधि हो । यसअघि उसले हालै सम्पन्न विशाल मेमोरियल गोल्डकपको उपाधि समेत जितेको थियो ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा यहि माघ १२ गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...