सिक्स ए साइड छात्र फुटबल : विनायक र माउन्ट ग्लोरी फाइनलमा

नेफ–साइपाल अन्तरविद्यालय फुटबलका ‘म्यान अफ द म्याच’ माउन्ट ग्लोरीका अशु गुरुङ (बायाँ) लाई ट्रफी प्रदान गर्दै भेट्रान फुटबल खेलाडी अजब श्रेष्ठ ।

काठमाडौं (खेलदैनिक) । विनायक र डिफेन्डिङ च्याम्पियन माउन्ट ग्लोरी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) को आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा विनायकले हिमरश्मीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । विनायकका प्रणय राई ‘म्यान अफ द म्याच’ घोषित भए ।

चावहिलस्थित गणेशथान मैदानमा भएको अर्को सेमिफाइनलमा माउन्ट ग्लोरी नोब्सलाई ३–१ गोलले हरायो । माउन्ट ग्लोरीका अशु गुरुङ ‘म्यान अफ द म्याच’ चुनिए । फाइनल शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...