एक्सेल्सियर र त्रिनेत्र फुटबल च्याम्पियन

सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबल उपाधि विजेता एक्सेल्सियर टोली ।

काठमाडौं (खेलदैनिक) । आयोजक द एक्सेल्सियर स्कुल र त्रिनेत्र सातौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा शुक्रबार च्याम्पियन बनेका छन् । एक्सेल्सियर सिनियर ब्वाइज तथा त्रिनेत्र जुनियर ब्वाइजमा च्याम्पियन बने ।

स्वयम्भूस्थित घरेलु मैदानमा भएको सिनियर फाइनलमा एक्सेल्सियले साइन मोडललाई ३–१ गोलले पराजित गर्यो । एक्सेल्सियरका निमेश गोतामेले २ तथा कर्मा निमा गुरुङले १ गोल गरे । साइनका रिदम आलेले सान्त्वना गोल गरे ।

जुनियर फाइनलमा त्रिनेत्रले ओराकललाई ४–३ गोलले हरायो । त्रिनेत्रका अनिश बुढा तथा किशन खड्काले समान २–२ गोल गरे । ओराकलका सुविन कर्माचार्यले २ तथा कृष गुरुङले १ गोल फर्काए ।

एक्सेल्सियरका निमेश गोतम तथा त्रिनेत्रका अनिश बुढा उत्कृष्ट खेलाडी घोषित भए । सिनियरमा एक्सेल्सियरका दिक्षान्त खड्का तथा जुनियरमा ओराकलका रोजन श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । सिनियरमा काभ्या तथा जुनियरमा आर्या एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...