पोखरा कप : बीबीसी क्वाटरफाइनलमा

पोखरा (खेलदैनिक) । ब्रीगेड ब्वाईज क्लब (बीबीसी) जारी मनकामना केबलकार पोखरा कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा बीबीसीले घरेलु टोली पोखरा–११ लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । बीबीसीको जितमा खेलको ७२ औं मिनटमा करिमले एक मात्र निर्णायक गोल गरे ।

प्रतियोगिता अन्तरगत शनिबारको अन्तिम प्रिक्वाटरफाइनलमा नेपाल पुलिस क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...