नेफ–साइपाल फुटबल : सेमिफाइनल समिकरण पूरा

नेफ–साइपाल अन्तरविद्यालय फुटबलमा काष्ठमण्डप विरुद्धको खेलमा ‘म्यान अफ द म्याच’ बनेका नोब्सका नवीन गौतमलाई ट्रफी प्रदान गरिदै ।

काठमाडौं (खेलदैनिक) । हिमरश्मी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिमरश्मीले सांग्रिलालाई १–० गोलले पराजित गर्यो । विजेताका राम कार्की ‘म्यान अफ द म्याच’ घोषित भए । अन्य क्वाटरफाइनलमा नोब्सले काष्ठमण्डपलाई ३–१, विनायकले क्लिनटनलाई २–० तथा माउन्ट ग्लोरीले साइपाल एकेडेमीलाई २–० गोलले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

नोब्सका नवीन गौतम, विनायकका सुवास फुयाल र माउन्ट ग्लोरीका अशु गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । सेमिफाइनल नोब्स र माउन्ट ग्लोरी तथा विनायक र हिमरश्मीबीच शुक्रबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...