एन्फाको विशेष पहलमा राष्ट्रिय फुटबलर श्रेष्ठको कतारमा सफल शल्यक्रिया

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित डिफेन्डर तथा नेपाल पुलिस क्लबका पूर्वकप्तान रबिन श्रेष्ठले कतारको सुविधासम्पन्न अस्पतालमा घुँडाको शल्यक्रिया गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा तथा कतार एफए विशेष सहयोगमा डिफेन्डर श्रेष्ठको दोहा स्थित आधुनिक तथा सुविधासम्पन्न एस्पिटर अस्पतालमा शल्यक्रिया सम्पन्न भएको हो ।

श्रेष्ठले आफ्नो उपचारमा सहयोग गर्ने एन्फा लगायत सबैमा धन्यवाद समेत दिएका छन् । त्यस्तै प्रशिक्षक नबिन महर्जनले पनि फिफाको मान्यता प्राप्त मेडिकल सेन्टरमा आफ्नो घुँडाको उपचार गराएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...