इटहरी गोल्डकप : मनाङ फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

सुनसरी (खेलदैनिक) । लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो । पहिलो हाफको ४२ औं मिनटमा आफिज ओलावालेले गरेको एक मात्र गोल मनाङको जितमा निर्णायक बन्यो ।

निर्णायक गोलकर्ता ओलावाले खेलको म्यान अफ द म्याच समेत घोषित भए । अब उपाधिका लागि मनाङले शनिबार फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १६ लाख हात पार्नेछ भने उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...