
सुनसरी (खेलदैनिक) । सेन्ट जेभियर र डिपोट स्कुल जारी दोस्रो सुदेश सुब्बा मेमोरियल अन्तर विद्यालय कप फुुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगितातर्फ तेस्रो दिनको क्वाटरफाइनल खेलमा सेन्ट जेभियरले आयोजक हिमशिखरलाई पेनाल्टी शुटआउटमा हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
त्यस्तै दोस्रो खेलमा डिपोट स्कुल धरानले लिटल फ्लावरलाई पेनाल्टी शुटआउटमै हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
प्रतियोगिता अन्तरगत बिहीबारको खेलमा पुलिस स्कुल, धरान र कस्तुरी स्कुल आमने सामने हुानेछन् भने अर्को खेलमा ईमानुयल र आईडीयल स्कुल बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।