एक्सेल्सियर र साइन फाइनलमा

सातौं एक्सेल्सियर कपको जुनियर ब्वाइज फुटबलमा एक्सेल्सियर (पहेलो) र त्रिनेत्रका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । आयोजक द एक्सेल्सियर स्कुल र साइन मोडेल सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

एक्सेल्सियरले नेपाल राष्ट्र माविलाई ४–० गोलले पराजित ग¥यो । एक्सेल्सियबाट चारै गोल निमेश गोतामेले गरे । साइन मोडेलले काभ्यालाई २–० गोलले हरायो ।

जुनियर ब्वाइज फुटबलमा त्रिनेत्र र ओराकल उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा त्रिनेत्रले आयोजक एक्सेल्सियरलाई ४–३ गोलले पाखा लगायो । ओराकलले किड्स लर्निङलाई टाइब्रेकरमा ३–२ गोलले पन्छायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...