रुपन्देही : सिद्धार्थ एफसी फर्साटिकर कपको फाइनलमा

फर्साटिकर (खेलदैनिक) । सिद्धार्थ एफसी, सैनामैना जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा कडा प्रतिस्पर्धाताका बीच सिद्धार्थले लिस्नु युवा क्लब, कोटिहवालाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । सिद्धार्थको जितमा सुमन गुरुङले एक मात्र निर्णायक गोल गरे ।

खेलमा सिद्धार्थका बेल गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल देशभक्त युवा क्लब, नवलपरासी र विश्व शान्ति युवा क्लब, सालझण्डी बीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...