पोखरा कप : अफ्रिकी टोली दाफिनास क्वाटरफाइनलमा

पोखरा (खेलदैनिक) । दाफिनास फेमिली, क्यामरुन जारी मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा दाफिनासले च्यासल युथ क्लब, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । अफ्रिकी टोलीको जितमा पहिलो हाफको २५ औं मिनटमा यानिकले एक मात्र निर्णायक गोल गरे ।

खेलमा अफ्रिकी टोलीका गोलरक्षक प्रिसो म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ५००० प्राप्त गरे । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल ब्रीगेड ब्वाईज क्लब र पोखरा–११ बीच हुने आयोजकले जनाएको छ ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख ५५ हजार हात पार्नेछ भने उपविजेता ले ४ लाख, ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...