नेपाली महिला फुटबल टोली झापा प्रस्थान

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोली ट्रेनिङ क्याम्पका लागि काठमाडौंदेखि झापा प्रस्थान गरेको छ । गोलनेपालका अनुसार महिला फुटबल टोलीले झापामा एक साता लामो अभ्यास गरेपछि चारदेशीय प्रतियोगिता खेल्न भारतको भुवनेश्वरतर्फ प्रस्थान गर्नेछ ।

भारतमा यहि आउँदो फेब्रुअरी ७ देखि १७ तारीखसम्म हुने प्रतियोगितामा नेपाल, आयोजक भारत, म्यानमार र श्रीलंका आमने सामने हुँदैछन् ।

https://twitter.com/Goal_Nepal/status/1090488518546202624

उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो भारत भ्रमणलाई फागुनको अन्तिमदेखि बिराटनगरमा हुन गईरहेको प्रतिष्ठित महिला साफ च्याम्पियनसिपको तयारीका रुपमा समेत हेरेको छ । साफ च्याम्पियनसिपतर्फ नेपाल, बंगलादेश, भुटान र पाकिस्तान समूह ए मा रहेका छन् ।

नेपाली महिला टोली :

गोलकिपर्स : अन्जना राना मगर, उषा नाथ, एन्जिला तुम्बापो सुुब्बा

डिफेन्डर्स : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, कबिता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर्स : बिमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड्स : अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), साबित्रा भण्डारी




प्रतिक्रिया दिनुहोस

Loading...