क्लिनटन र जोसेफ सफल

चौथो नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबलमा सनसाइन (नीलो) र क्लिनटनका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । क्लिनटन र जोसेफ चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

क्लिनटनले सनसाइनलाई २–१ तथा जोसेफले महर्षिलाई १–० गोलले पराजित गरे । अन्य खेलमा हाइल्यान्डले फ्लोरोसेन्टलाई टाइब्रेकरमा ३–२, सांग्रिलाले छहारीलाई १–०, विट्स एकेडेमीले पशुपतिलाई टाइब्रेकरमा २–०, हिमरशमीले शुभयोगलाई १–० तथा त्रिज्योतिले लुम्बिनीलाई ३–१ गोलले हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे । यससंगै प्रिक्वाटरफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...