कस्तुरी, आइडियल र पुलिसको जित

सुनसरी (खेलदैनिक) । दोस्रो सुदेश सुब्बा मेमोरियल कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा कस्तुरी स्कुलले जित हात पारेको छ । मंगलबार भएको तेस्रो दिनको पहिलो खेलमा समूह डि तर्फ कस्तुरीले पूर्वाञ्चल स्कूललाई पेनाल्टी शुटआउटमा हरायो ।

त्यस्तै दोस्रो खेलमा समूह सी तर्फ आइडियल स्कुलले फ्युजन सगरमाथा स्कुललाई १–० ले हरायो । त्यसैगरी समूह डी तर्फ अर्को खेलमा पुलिस स्कुल, धरानले ब्राईट फ्युचरलाई ११–० को भारी अन्तरले हरायो ।

प्रतियोगिता अन्तरगत बुधबारको क्वाटरफाइनलका खेलहरुमा हिमशिखर स्कूल र सुनसरी सेन्ट जेभियर भिड्ने छन् भने अर्को खेलमा लिटल फ्लावर र डिपोट स्कूल धरान खेल्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...