आहा रारा गोल्डकपलाई समाजसेवी गुरुङको सहयोग

पोखरा (खेलदैनिक) । सहारा क्लव पोखराको आयोजनामा हुने १७ औं संस्करणको आहा रारा गोल्डकपलाई समाजसेवी तथा कानुन ब्यवसायी देव गुरुङले आर्थिक सहयोग गरेका छन् ।

मंगलबार एक कार्यक्रमका बीच सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । घाचोक घर भई हाल हङकङमै पेशा ब्यवसाय गर्दै आएका उनले ५१ हजार रुपैयाँ नगद सहयोग गरे । उनले पाँचौ पटक क्लवलाई सहयोग गरेका हुन् ।

पोखरा यहि आउँदो फागुन ९ देखि १८ गतेसम्म हुन गईरहेको आहा रारा गोल्डकपमा नेपाल र विदेशका लागि गरी कुल १२ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...