पबित्राहाङमा गोल्डकप माघ २३ गतेदेखि

इलाम (खेलदैनिक) । किरात धर्म गुरूआमा पबित्राहाङमा लिङदेन ६३ औ जन्म जयन्तीको अवसरमा सदाको बर्ष झै यो बर्ष पनि इलामको माङसेबुङमा ९ औं पबित्राहाङमा गोल्डकप हुने भएको छ ।

यहि आउँदो माघ २३ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल माङ्सेबुङ युथ सोसाईटी, इलाम र शिवसताक्षीधाम स्र्पोटिङ क्लब, झापाबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोतिमा झापा, मोरङ, सुनसरी, इलामका गरी कुल आठ टिमहरुको सहभागिता रहनेछ । त्यस्तै प्रतियोगिताको विजेताले उपाधिसहित नगद रू ६३,१६३ रुपैहा हात पार्नेछ भने उपविजेताले नगद रू ३५,१६३ प्राप्त गर्नेछ ।

त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...