रुपन्देही : कृपाको ह्याट्रिकसँगै देशभक्त सेमिफाइनलमा

फर्साटिकर (खेलदैनिक) । देशभक्त युवा क्लब, नवलपरासी रुपन्देहीमा जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा देशभक्तले सिद्धार्थ क्लब, चपरहट्टीलाई ४–१ ले हरायो । देशभक्तको जितमा कृपा चौधरीले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे । त्यस्तै थप एक गोल तेजेन गुरुङले गरे । उता पराजित सिद्धार्थका लागि आशिष गुरुङले एक मात्र सान्त्वना गोल गरे ।

खेलमा ह्याट्रिक गरेका देशभक्तका कृपा चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र सिद्धार्थ एफसी, सैनामैना बीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...