पुलिसको जितमा अभिषेकको निर्णायक दुई गोल

सुनसरी (खेलदैनिक) । नेपाल पुलिस क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा पुलिसले पाहुना टोली सिएफसी भुटानलाई २–० ले हरायो । पुलिसको जितमा दुवै गोल खेलको ६२ औं र ९०+३ औं मिनटमा अभिषेक रिजालले गरे । रिजाल खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय जागृति युवा क्लबको आयोजनामा इटहरी रंगशालामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १६ लाख हात पार्नेछ भने उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...