झापा : प्रदेश १ स्तरीय महिला गोल्डकप हुँदै

झापा (खेलदैनिक) । सुखानी शहिद स्मृति प्रतिष्ठान, झापाको आयोजनामा यहि माघ १८ गतेदेखि महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

अर्जुनधारा–९, झापा स्थित नमुना सामुदायिक खेल मैदानमा हुने प्रतियोगितामा झापा, धनकुटा, मोरङ, सुनसरी, उदयपुर, ताप्लेजुङका टोलीहरुले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा पारिजात महिला फुटबल क्लब र धनकुटा जिल्ला फुटबल संघ भिड्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...