सातौं एक्सेल्सियर कपमा फुटबल र बास्केटबल जारी

सातौं एक्सेल्सियर कपको सिनियर ब्वाइज फुटबलमा एक्सेल्सियर (पहेलो) र लोक आदर्शका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । रेडिअन्ट सातौं एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

रेडिअन्टले महामञ्जुश्रीलाई ३२–२५ ले पराजित गर्यो । रेडिअन्टका राज रोकाले १३ अंक जोडे । जुनियर ब्वाइजमै बृहस्पतिले आयोजक एक्सेल्सियरलाई ९–७ तथा लोक आदर्शले रुपिजलाई १७–१५ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । बृहस्पतिका प्रहौहा किरातले ९ तथा लोक आदर्शका मनोज घिसिङले ८ स्कोर गरे ।

सिनियर गल्र्स बास्केटबलमा टीआईएले रेडिअन्टलाई २०–१०, सिद्धार्थ बनस्थलीले स्वर्णिमलाई २८–२६ र एक्सेल्सियरले मोक्सदालाई २३–५ ले पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे । टीआईएकी रिन्छेन मोक्तानले १३, सिद्धार्थ बनस्थलीकी रक्षा श्रेष्ठले १४ र एक्सेल्सियरकी कर्मा डोल्मा गुरुङले ८ अंक जोडे ।

सिनियर ब्वाइज बास्केटबलमा एक्सेल्सियरले ग्यालेक्सीमाथि ३३–३२ को कठिन जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनायो । एक्सेल्सियरका युगेश सुवेदीले ११ स्कोर गरे ।

फुटबल

जुनियर ब्वाइज फुटबलमा न्यु जेनिथले किड्स लर्निङलाई १–० तथा एक्सेल्सियरले एपेक्स लाइफ स्कुललाई २–१ गोलले पाखा लगाए ।

सिनियर ब्वाइज फुटबलमा काभ्याले होली भिजनलाई ६–१ र एलआरआईलाई ५–२, लोक आदर्शले एक्सेल्सियरलाई २–० तथा एलआरआईले होली भिजनलाई २–१ गोलले निराश पारे ।

सिनियर र जुनियर ब्वाइज फुटबलमा एलआरआई बाहेक सबै विजेता टिम क्वाटफाइनलमा पुग्न सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...