रुपन्देही : रोमाञ्चक जितका साथ लिस्नु सेमिफाइनलमा

फर्साटिकर (खेलदैनिक) । लिस्नु युवा क्लब, कोटिहवा जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा लिस्नुले वाणगंगा वेलफेयर सोसाईटी, कपिलवस्तुलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । लिस्नुको जितमा गोविन्द थापा र नितिन थापाले गोल गरे । उता पराजित वाणगंगाका लागि अफ्रिकी खेलाडी मन्साले एक गोल फर्काए ।

खेलमा लिस्नुका नितिन थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको चोथो तथा अन्तिम क्वाटरफाइनल खेल सिद्धार्थ क्लब, चपरहट्टी र देशभक्त युवा क्लब, नवलपरासी बीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...