सुदेश लिम्बु स्मृति हिमशिखर कप शुरु, आयोजकको शानदार शुरुवात

सुनसरी (खेलदैनिक) । सुनसरीमा अन्तर प्राथमिक विद्यालय स्तरीय दोस्रो सुदेश सुब्बा मेमोरियल कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक हिमशिखर स्कूल र प्याराडाइज स्कूल बिचको खेलमा हिमशिखर स्कूलले ७–० को फराकिलो अन्तरका साथ विजय हासिल गरेको छ । त्यस्तै दोस्रो खेलमा लिटल फ्लावर स्कूलले हिल भ्यु स्कुललाई ३–० ले हरायो ।

स्वर्गीय सुदेश सुब्बाको स्मृतीमा आयोजना गरिएको फुटबल कपमा सुनसरी जिल्ला भरिका उत्कृष्ट १६ टिमको सहभागिता रहनेछ । नक आउट प्रणालीमा संचालन हुने खेलको फाइनल भने माघ २० गते हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार प्राप्त गर्नेछ भने उपविजेता १० हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगीताको विभिन्न विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई व्यक्तिगत पुरस्कार समेत प्रदान गरीने आयोजक हिमशिखर स्कूलका प्रधानाध्यापक शैलेश पुरी ले जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...