भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

काठमाडौं (खेलदैनिक) । चार देश सम्मिलित फुटबल प्रतियोगिता खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको आइतबार बिदाई गरिएको छ ।

भारतको भुवनेश्वरतर्फ प्रस्थान गर्न लागेको महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटो स्थित एन्फाको मूख्यालयमा एक कार्यक्रमका बीच बिदाई गर्यो । नेपाली टोलीले यहि आउँदो फेब्रुअरी ७ देखि १७ तारीखसम्म हुने चारदेशीय प्रतियोगितामा आयोजक भारत, श्रीलंका र म्यानमार विरुद्ध खेल्नेछ ।

फुटबल साईट गोलनेपालका अनुसार नेपाली महिला फुटबल टोलीले भारत प्रस्थान गर्नु अघि एक साता लामो झापामा ट्रेनिङ क्याम्पका रुपमा बिताउनेछ । एन्फाका अनुसार नेपाली टोली ३० जनवरीका दिन झापाबाट भारततर्फ प्रस्थान गर्नेछ ।

बिदाई कार्यक्रममा दक्षिण कोरिया एफएका अध्यक्ष चुङ मोंग–ग्यु र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली महिला फुटबल टोलीलाई शुभकामना दिए । सोही कार्यक्रममा अध्यक्ष चुङले एन्फालाई ८९७ जोर फुटबल बुट समेत हस्तान्तरण गरे ।

एन्फाले नेपाली टोलीको यो भारत भ्रमणलाई आउँदै गरेको साफ महिला च्याम्पियनसिपको तयारीका रुपमा रहेको समेत बताएको छ । साफ च्याम्पियनसितर्फ समूह ए मा रहेको आयोजक नेपालले बंगलादेश, पाकिस्तान र भुटान विरुद्ध खेल्नेछ ।

नेपाली महिला टोली :

गोलकिपर्स : अन्जना राना मगर, उषा नाथ, एन्जिला तुम्बापो सुुब्बा

डिफेन्डर्स : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, कबिता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर्स : बिमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड्स : अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), साबित्रा भण्डारी




प्रतिक्रिया दिनुहोस

Loading...