इटहरी गोल्डकपमा आज लिग च्याम्पियन मनाङको सामना आयोजकसँग

इटहरी (खेलदैनिक) । मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा आज लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आयोजक राष्ट्रिय जागृति क्लबको सामना गर्दैछ ।

इटहरी रंगशालामा दिनको १:३० बजे हुने आजको दोस्रो क्वाटरफाइनल खेलमा मनाङलाई बलियो प्रत्याशी मानिएको छ । यद्यपि आयोजकको टोलीले पनि लिग विजेता विरुद्ध कडा चुनौति पेश गर्ने अनुमान छ । स्मरणीय छ, भर्खरै सम्पन्न खप्तड गोल्डकपमा मनाङ पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताको बाहिरिएको थियो ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १६ लाख हात पार्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यहि माघ १९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...