सिमरा : थ्रीस्टारका सुशिल राईले पाए मोटरसाईकल

सिमरा (खेलदैनिक) । रुस्लान थ्रीस्टार क्लबका सुशिल राईले शनिबार सम्पन्न दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै एक थान मोटरसाइकल हात पारेका छन् ।

स्मरणीय छ, शनिबार उपाधिका लागि भएको फाइनल भिडन्तमा थ्रीस्टारले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा हराउँदै पहिलोपटक सिमरा गोल्डकपको उपाधि जितेको थियो ।

त्यसैगरी अन्य व्यक्तिगत विधातर्फ थ्रीस्टारकै गोलरक्षक एलन न्यौपाने उत्कृष्ट गोलरक्षक घोषित भए भने थ्रीस्टारका अदामा डुम्बिया उत्कृष्ट डिफेन्डर घोषित भए । त्यस्तै आर्मीका सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर घोषित हुँदा आर्मी कै टंक बस्नेत उत्कृष्ट फरवार्ड घोषित भए ।

https://twitter.com/Goal_Nepal/status/1089149371399135232

त्यसैगरी थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले उत्कृष्ट प्रशिक्षकको पुरस्कार जिते । व्यक्तिगत विधातर्फ उत्कृष्ट सबैले जनही २०–२० हजार प्राप्त गरे ।

अन्य पुरस्कारतर्फ आयोजक जनजागृति युथ क्लबका निकेश थापा उदयीमान खेलाडी घोषित हुँदै नगद १५ हजार हात पारे भने आयोजक जनजागृति युथ क्लब नै प्रतियोगिताको फेयर प्ले टिम घोषित भयो ।

प्रतियोगिताको विजेता बनेको थ्रीस्टारले उपाधिसहित नगद ६ लाख हात पारेको थियो भने उपविजेता आर्मीले ३ लाखमा चित्त बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...