इटहरी गोल्डकप : काकरभिट्टाको बिजयी शुरुवात

सुनसरी (खेलदैनिक) । मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले बिजयी शुरुवात गरेको छ ।

सुनसरी स्थित इटहरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा काकरभिट्टाले दाफिन्स फुटबल क्लब, क्यामरुनलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

यो जितसँगै काकरभिट्टा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा काकरभिट्टाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल मनाङ मस्र्याङ्दी क्लब, काठमाडौं र आयोजक राष्ट्रिय जागृति क्लब, इटहरी बीच हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १६ लाख हात पार्नेछ भने उपविजेताले ८ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि मा १९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...