सिमरा गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार च्याम्पियन

बारा (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई हराउँदै रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।

सिमरा रंगशालामा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा थ्रीस्टारले आर्मीलाई सडेन डेथमा हराउँदै उपाधिमाथि पहिलोपटक कब्जा जमाउन सफल भएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने खेलको म्यान अफ द म्याच घोषित भए । बिजेता बनेको थ्रीस्टारले उपाधिसहित नगद ६ लाख हात पारेको छ भने उपविजेता आर्मीले ३ लाखमा चित्त बुझाएको छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा यहि माघ ३ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए् ।


प्रतिक्रिया दिनुहोस

Loading...