एन्फा एकेडेमी बुटवलमा स्थायी प्यारापिट निर्माण हुँदै

बुटवल (खेलदैनिक) । देवीनगर, बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानको पूर्वपट्टी स्थायी रुपमा दर्शक बस्ने स्टील प्यारापिटको निर्माण कार्य शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा एन्फा एकेडेमी बुटवलका लागि बिनियोजन गरिएको रकमबाट सो स्थायी प्यारापिट निर्माण गर्न लागिएको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार) ले बताए ।

उक्त प्यारापिट आउँदै गरेको प्रतिष्ठित २१ औं तिलोत्तमा गोल्डकपलाई मध्यनजर गर्दै निर्माण थालिएको समेत अध्यक्ष केसीले बताए । त्यस्तै यो प्यारापिट निर्माण गर्न करिब ३० लाख बराबरको रकम खर्च हुने एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धि गुरुङले जानकारी दिए ।

करिब १००० देखि १२०० दर्शक क्षमताको सो प्यारापिटको निर्माण कार्य यहि माघ महिनाको अन्तिमसम्म सम्पन्न हुने समेत निर्देशक गुरुङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...