सरस्वतीलाई बागमती गोल्डकपको उपाधि

मकवानपुर (खेलदैनिक) । सरस्वती युथ क्लब, काठमाडौंले शुक्रबार सम्पन्न दोस्रो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

उपाधि जित्ने क्रममा सरस्वतीले त्रिभुवन आर्मी क्लबको बी टिमलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । भेट्रान फुटबलर राजकुमार घिसिङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

https://twitter.com/Goal_Nepal/status/1088998885710647296

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेता सरस्वतीले उपाधिसहित नगद ३ लाख हात पारेको छ भने उपविजेता आर्मीले २ लाखमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...