एनआरएचएसएस र रिब्सलाई सफलता

एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा एनआरएचएसएस (पहेलो) र लोक आदर्शका खेलाडी बलका लागि भिड्दै ।

काठमाडौं (खेलदैनिक) । एनआरएचएसएस र रिब्सले सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा शुक्रबार जित हात पारेका छन् ।

एनआरएचएसएसले लोक आदर्शलाई २–० तथा रिब्सले राजन मेमोरियललाई ६–० गोलले पराजित ग¥यो । अर्को खेलमा भने रिब्सले साइन मोडेलसंग ४–४ को बराबरी खेल्यो । अन्य खेलमा साइन मोडेलले एसलाई २–१ तथा त्रिनेत्रले होली भिजनलाई ६–१ गोलले हराए । काभ्या र त्रिनेत्रबीचको खेल १–१ को बराबरीमा टुंगियो ।

जुनियर ब्वाइज फुटबलमा किड लर्निङले काभ्यालाई ३–०, एसले रिब्सलाई ४–२, ग्यालेक्सीले होली भिजनलाई ५–१, न्यु जेनिथले काभ्यालाई २–० र ग्रिनफिल्डले राजन मेमोरियललाई ५–१ गोलले पन्छाए ।

बास्केटबल

सिनियर ब्वाइज बास्केटबलमा टीआईएले स्वर्णिमलाई ४४–१५ तथा ग्यालेक्सीले होली भिजनलाई ३१–२३ ले निराश पारे । टीआईएका सम्राट गुरुङले १४ तथा ग्यालेक्सीका पुस्कर भण्डारीले १६ अंक जोडे ।

सिनियर गल्र्स बास्केटबलमा द चाँदबाग स्कुलले रेडिअन्ट पब्लिकलाई २४–७ तथा एलआरआईले ग्यालेक्सीलाई १२–६ ले पाखा लगाए । चाँदबागकी दिया गुरुङले ७ तथा एलआरआईकी अस्मिता केसीले ५ स्कोर गरिन् ।

जुनियर ब्वाइज बास्केटबलमा ग्रिनफिल्डले अरुणोदयलाई १९–८, बृहस्पतिले एलआरआईलाई १४–७ तथा बिग बुद्धले रुपिजलाई १८–५ ले पराजित गरे । ग्रिनफिल्डका महेश दाहालले ७, बृहस्पतिका पहर्ष किरातले ९ तथा बिग बुद्धका विकास कुँवरले ६ अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...