साविक विजेता फर्साटिकरलाई स्तब्ध पार्दै सिद्धार्थ क्वाटरफाइनलमा

फर्साटिकर (खेलदैनिक) । साविक विजेता तथा आयोजक फर्साटिकर युवा क्लब जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमै पराजित हुँदै बाहिरिएको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा शुक्रबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा फर्साटिकरले सिद्धार्थ क्लब, चपरहट्टीसँग १–२ को स्तब्धपूर्ण हार बेहोरेको हो । सिद्धार्थको जितमा रबिन सारु र किरन थापाले गोल गरे । उता पराजित फर्साटिकरका लागि भेषराज पौडेलले एक गोल गरेका थिए ।

शुक्रबारको खेलको म्यान अफ द म्याच पराजित फर्साटिकरका धर्मेश खान घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको पहिलो क्वाटरफाइनल खेल चाँदनी युवा क्लब, दानापुर र सिद्धार्थ क्लब, सैनामैना बीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...