चार देशीय फुटबल प्रतियोगिता खेल्ने महिला फुटबल टोलीको घोषणा

काठमाडौं (खेलदैनिक) । भारतमा हुने चार देश सम्मिलित फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली महिला फुटबल टोलीको अन्तिम नामावली घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक हरि खड्काले भारत भ्रमणमा जाने नेपाली टोलीको शुक्रबार घोषणा गरेका हुन् ।

भारतको भुवनेश्वरमा यहि आउँदो ७ देखि १७ फेब्रुअरीसम्म हुने प्रतियोगितामा नेपालले आयोजक भारत, श्रीलंका र म्यानमारसँग खेल्नेछ । गोलनेपालका अनुसार यो प्रतियोगितालाई आउँदो साफ महिला च्याम्पियनसिपको तयारीका रुपमा हेरिएको एन्फाले जनाएको छ ।

महिला साफ च्याम्पियनसिप यहि आउँदो मार्च १२ देखि २२ तारीखसम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगिता पहिलोपटक काठमाडौं बाहिर बिराटनगर स्थित शहिद रंगशालामा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान र पाकिस्तान समूह ए मा छन् । त्यस्तै साविक विजेता भारत, श्रीलंका र माल्दिभ्स भने समूह बी मा रहेका छन् ।

नेपाली महिला टोली :

गोलकिपर्स : अन्जना राना मगर, उषा नाथ, एन्जिला तुम्बापो सुुब्बा

डिफेन्डर्स : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, कबिता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर्स : बिमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड्स : अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), साबित्रा भण्डारी


प्रतिक्रिया दिनुहोस

Loading...