डिफेन्डिङ च्याम्पियन बगर भाइ खलक स्तव्ध

पोखरा (खेलदैनिक) । बगर भाई खलक एट–ए–साइड फुटबल प्रतियोगिताको आठौं संस्करणमा साबिक बिजेता आयोजक बगर भाइ खलक प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ ।

पोखरामा जारी बिहिबारको पहिलो खेलमा आयोजक बगर भाई खलक टाईब्रेकरमा बुटवल भेट्रानसँग ५–४ गोल अन्तरले स्तव्ध हुन पुगेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेलको छिनोफानो पेनाल्टीबाट लिनु परेको थियो । नियमित समयतर्फ आयोजकका लागि प्रेम पुन र बुटवलका लागि प्रदिप आचार्यले गोल गरेका थिए ।

त्यसैगरि दोश्रो खेलमा एन.वाई.पी काठमाण्डौले संगम भेट्रानलाई हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो । त्यस्तै अन्य खेलमा एबिसी पोखराले किङकम स्पोर्ट्स काठमाडौं लाई १–० ले हराएको छ ।

त्यसैगरी भारतको कलकत्ता भेट्रानले हेटौडा भेट्रानलाई ३–० गोलले हराएको छ भने चावहिल भेट्रान काठमाण्डौले फ्रिडम एफसी ललितपुरलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै एक्स पोखरा भेट्रानले चितवन भेट्रानलाई १–० ले हरायो । अर्को खेलमा फोर्टी फाउन्डेशन काठमाण्डौले दिप यूनाइटेड पोखरालाई १–० गोलले पाखा लगाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...