बाल विकासको विजयी सुरुआत

नेफ–साइपाल अन्तरविद्यालय फुटबलमा प्रतिस्पर्धा गर्दै बाल विकास र लक्ष्मीपुर (पहेलो) का खेलाडी ।

काठमाडौं (खेलदैनिक) । बाल विकासले चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) को आयोजना तथा साइपाल एकेडेमीको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा बाल विकासले लक्ष्मीपुरलाई २–० गोलले पराजित गर्यो ।

अन्य खेलमा नोब्सले ओडिसीलाई २–१, जगत मन्दिरले बीएनएलाई टाइब्रेकरमा ३–२, नेपाल मोडेलले ओसिसलाई २–०, काष्ठमण्डपले स्किब्सलाई २–१ तथा विन्द्यावासिनीले पारामाउन्ट एकेडेमीलाई टाइब्रेकरमा २–० गोलले हरायो ।

प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा ६४ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...