सिमरा गोल्डकप : शेर्पाको चुनौति पन्छाउँदै थ्रीस्टार फाइनलमा

बारा (खेलदैनिक) । झिनो अन्तरको जितका साथ रुस्लान थ्रीस्टार क्लब जारी रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । थ्रीस्टारको जितमा खेलको ७१ औं मिनटमा फोडे फफोनाले एक मात्र निर्णायक गोल गरे । थ्रीस्टारले अब उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...