युएईमा एनआरएनए कप फुटबल प्रतियोगिता हुने

काठमाडौं (खेलदैनिक) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् युएई एवं क्षेत्रीय समन्वय समिति अल–ऐनको आयोजनामा युएईमा एक दिने एनआरएनए कप फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि आउँदो २२ फेब्रुअरीका दिन अल–ऐन स्थित अल–ऐन सुटिङ क्लबमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५५ युएई दिराम हात पार्नेछ । त्यस्तै उपविजेताले ३,५५५ दिराम प्राप्त गर्ने आयोजकका उज्जल दाहालले बताए ।

प्रतियोगितामा केवल नेपाली खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि दिम दर्ता शुल्क १५०० दिराम तोकिएको छ । सहभागि जनाउन इच्छुक क्लबहरुले आयोजकका गोपाल पौडेल (+९७१ ५५ ७०२ ७६७०) र उज्जल दाहाल (+९७१ ५५ ९६७ ९६९८) मा सम्पर्क गर्न सकिने समेत आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...