इटहरी गोल्डकपको खेलतालिका सार्वजनिक, उदघाटन खेलमा क्यामरुनको टोली र काकरभिट्टा भिड्ने

इटहरी (खेलदेनिक) । मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ । यहि माघ १२ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा क्यामरुनको टोली र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर आमने सामने हुने भएका छन् ।

सुनसरी स्थित इटहरी रंगशालामा हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १६ लाख हात पार्नेछ भने उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...