महाविरलाई हराउँदै लिस्नु क्वाटरफाइनलमा

फर्साटिकर (खेलदैनिक) । लिस्नु युवा क्लब, कोटिहवा जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा मंगलबार भएको खेलमा लिस्नुले महाविर क्लब, काठमाडौंलाई ३–१ ले हरायो । लिस्नुको जितमा नितिन थापा, गोविन्द थापा र फनज गाहाले गोल गरे । उता पराजित महाविरका लागि आयुष क्षेत्रीले एक मात्र सान्त्वना गोल गरे ।

खेलमा पराजित महाविरका आयुष क्षेत्री म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ ९ गते बुधबारको खेल देशभक्त युवा क्लब, नवलपरासी र झरना स्पोर्टस् क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...