सिमरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

बारा (खेलदैनिक) । रुस्लान थ्रीस्टार क्लब जारी रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा थ्रीस्टारले सिएमजी संकटा क्लबको चुनौति २–० ले पन्छाउँदै सेमिफाइनल यात्रा तय गर्यो । खेलको १३ औं मिनटमा फोडे फफोनाले थ्रीस्टारका लागि पहिलो गोल गरे भने खेलको अन्तिमतिर ८५ औं मिनटमा सुसन श्रेष्ठले दोस्रो गोल गरे ।

मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत बुधबार पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लबले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा बिहीबार थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबसँग भिड्नेछ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...