सिमरा गोल्डकप : थ्रीस्टार र संकटाको क्वाटरफाइनल भिडन्त आज

सिमरा (खेलदैनिक) । रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल भिडन्तमा आज दुई बलिया टोली रुस्लान थ्रीस्टार क्लब र सिएमजी संकटा क्लब आमने सामने हुँदैछन् ।

सिमरा रंगशालामा दिनको २३० बजेदेखि शुरु हुने आजको खेल कडा प्रतिस्पर्धाका बीच हुने धेरैको अनुमान छ । कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ ? कति होला आजको नतिजा ?

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...