
फर्साटिकर (खेलदैनिक) । प्रतियोगिताको दावेदार मध्ये एक मानिएको सुनौलो संगम युवा क्लब, देवीनगर जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फर्साटिकर उच्च माविको खेलमैदानमा सोमबार सम्पन्न खेलमा सुनौलोले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई ३–० ले हरायो । सुनौलोको जितमा जनममान लिगलले दुई गोल गरे भने थप एक गोल मन्दिप थापाले गरे ।
खेलमा सुनौलो संगमका लागि दुई गोल गरेका कप्तान जनममान लिगल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ ८ गते मंगलबारको खेल महाविर क्लब, काठमाडौं र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।
फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।
त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।