सिमरा गोल्डकप : पुलिसलाई हराउँदै शेर्पा सेमिफाइनलमा

बारा (खेलदैनिक) । अन्तिम समयतिर नाटकीय रुपमा दुई गोल गर्दै हिमालयन शेर्पा क्लब रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा सोमबार सम्पन्न खेलमा शेर्पाले भर्खरै सम्पन्न खप्तड गोल्डकपको विजेता नेपाल पुलिस क्लबलाई २–० ले स्तब्ध पार्यो । शेर्पाको जितमा खेलको ८६ औं मिनटमा त्रिदेव गुरुङले पहिलो गोल गरे भने इन्जुरी समयमा विश्वास श्रेष्ठले दोस्रो गोल गर्दै टोलीको रोमाञ्चक जित सुनिश्चित गरे ।

खेलमा शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको खेल रुस्लान थ्रीस्टार क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...