लमजुङ : सुन्दरबजार च्यालेन्ज कप माघ ११ देखि

सुन्दरबजार (खेलदैनिक) । लमजुङको सुन्दरबजारमा प्रथम सुन्दरबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता यहि माघ ११ गतेदेखि शुरु हुने भएको छ ।

सुन्दरबजार युवा क्लब, लमजुङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैया प्राप्त गर्नेछ । त्यसैगरी व्यक्तिगत विधातर्फ पनि खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

लमजुङ क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा जिल्ला भित्र र बाहिरका क्लबहरुको सहभागिता रहनेछ । गोलनेपालका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीहरुले टिमदर्ता शुल्क रु. ६००० बुझाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...