गण्डकी प्रदेशमा एन्फा कोचिङ कोर्ष शुरु

तनुहँ (खेलदेनिक) । गण्डकी प्रदेशस्तरीय एन्फा कोचिङ कोर्ष सोमबारदेखि आँबुखैरेनी, तनहुमा एक कार्यक्रमका बीच शुरु भएको छ । कोचिङ कोर्षमा गण्डकी प्रदेशको विभिन्न जिल्लाका ३० प्रशिक्षकहरुले सहभागीता जनाउने छन् ।

गोलनेपालका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) का प्राविधिक निर्देशक चियाकी ताकेडा र जापानी गोलरक्षक प्रशिक्षकले सो कोर्ष सञ्चालन गर्नेछन् ।

https://twitter.com/Goal_Nepal/status/1087252362186670080

सोमबार कोचिङ कोर्षको उद्घाटन कार्यक्रममा एन्फाका उपाध्यक्षद्वय कृष्ण थापा, उपेन्द्रमान सिंह तथा तनहुँ जिल्ला फुटबल संघका अध्यक्ष रत्न कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...