अष्ट्रेलिया : सगरमाथा एफसीलाई उपाधि

काठमाडौं (खेलदैनिक) । आइतबार सम्पन्न पाँचौं एक्सपर्ट एजुकेशन कप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा एफसीले जितेको छ । सिड्नीमा सम्पन्न फाइनल खेलमा सगरमाथाले ग्रानभिल्ले राईनो एफसीलाई सडेन डेथमा हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको सगरमाथाले उपाधिसहित नगद ४ हजार अष्ट्रेलियन डलर हात पार्यो भने उपविजेता राइनोले १ हजार डलरमा चित्त बुझायो ।

https://twitter.com/Goal_Nepal/status/1087248655206285314

त्यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक राइनोका जितिन श्रेष्ठ घोषित भए भने सर्वाधिक गोलकर्ता बेनी एफसीका सञ्जय कार्की घोषित भए । दुवै खेलाडीले पुरस्कार स्वरुप नगद १०० अष्ट्रेलियन डलर हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा एफसीका बिमल बस्नेत घोषित भए । उनले पुरस्कार स्वरुप नगद ३०० डलर हात पारे । स्मरणीय छ, राष्ट्रिय फुटबलर तथा मनाङ मस्र्याङ्दी क्लबका पूर्व खेलाडी बस्नेत हालै अष्ट्रेलिया पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...